काठमाडौं, २४ फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोट चरण अन्तरगत आज नेपालले स्कटल्यान्डसँग दोस्रो खेल खेल्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बाबे विरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपालले चार दिन आराम गरेपछि दोस्रो खेल आज खेल्दैछ । पहिलो खेलमै टेस्ट मान्यता प्राप्त टिमसँग प्रतिस्पर्धा गरेको नेपालको बलिङ अपेक्षाकृत हुन सकेको थिएन । पछिल्लो समय स्कटल्याण्ड उत्कृष्ट लयमा रहेको छ ।
नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई र दोस्रो खेलमा हङकङलाई पराजित गरेको छ । यसअघि नेपालले स्कटल्यान्डको तीन पटक सामना गर्दा तीनै पटक पराजय भोगेको थियो ।
आज नेपाल र स्कटल्याण्ड भिड्दै
0
Share.
Comments