एजेन्सी, ६ फागुन । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिगमा स्ट्रासबर्गलाई ५–२ गोलले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पिएसजीका एडिन्सन काभानीले २, जुलियन ड्राक्सलर, नेयमार र एंजल डि मारियाले एक एक गोल गर । यस्तै स्ट्रासबर्गका लागि जिन अहुलु र स्टेफेन बोहाकेनले एक एक गोल गरे ।
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा रियाल मड्रिडसँग ३–१ गोलले पराजित भएपछिको पहिलो खेलमा पिएसजीले उत्कृष्ट कमब्याक गरेको हो ।
शीर्ष स्थानमा रहेको पिएसजीको २६ खेलबाट ६८ अंक छ । ३० अंक जोडेको स्ट्रासबर्ग लिगको १४ औं स्थानमा छ । राति नै डिजोनलाई ४ – ० ले हराएको मोनाकोको ५६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
स्ट्रासबर्ग विरुद्ध पिएसजीको जित
0
Share.
Comments