एजेन्सी, २१ माघ । फ्रान्सको लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले रेलिगेसन जोनमा रहेको लिलीबिरुद्ध ३ शून्य गोलको सहज जित निकालेको छ ।
लिलीको घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडीहरुले भरिएको पीएसजीका लागि पहिलो हाफको इन्ज्यूरी समयमा युरीले ७७औं मिनेटमा नेइमारले र ८७ औं मिनेटमा जियोभानी लो सेल्सेले गोल गरे ।
जितसँगै पीएसजीको २४ खेलबाट ६२ अंक जोडेको छ भने दोस्रो स्थानको आलम्पिक मार्सेलीको समान खेलबाट ५१ अंक छ ।
पीएसजीको जित
0
Share.
Comments