एजेन्सी, २४ पुस । प्रिमियर लिग फुटबलमा आर्सनल एफ कपको तेस्रो चरणबाटै बाहिरिएको छ । साबिक विजेता आर्सनल प्रशिक्षक बिहीन नोटिङ्हम फरेस्टसँग ४–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो ।
फरेस्टका लागि लिकाजले दुई तथा ब्रेरेटन र डोवेलले एक एक गोल गरे । आर्सनलका लागि पर मर्टेसाकर र ड्यानी वेलबेकले एक एक गोल गरे ।
८४ औँ मिनेटमा वोर्राल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नोटिङ्हम १० खेलाडीमा सीमित भयो ।
आर्सनल बाहिरियो
0
Share.
Comments