एजेन्सी, २५ असोज । कोलम्बिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको अन्तिम खेलमा कोलम्बिया पेरुसँग १–१ को बराबरी गरेर पनि कोलम्बिया विश्वकपमा छनौट भएको हो ।
अवे मैदानमा भएको खेलमा कोलम्बियाका लागि ५६ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरे । यस्तै, पेरुका लागि ७४ औं मिनेटमा गुएरिरोले गोल गरे ।
कोलम्बिया २७ अंकसहित चौथो स्थानमा रहँदै विश्वकपमा छनौट भयो । यस्तै, २६ अंक भएको पेरुले पाँचौं स्थानमा रहँदै प्ले–अफमा स्थान बनाएको छ । पेरुले विश्वकप छनौटका लागि अब न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्ने छ ।
कोलम्बिया चौथो स्थानमा रहँदै विश्वकपमा छनौट भयो
0
Share.
Comments