एजेन्सी, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएर विजयी भएको हो ।
आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । उनले २० औं र ६७ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।
आर्सनल विजयी
0
Share.
Comments