भक्तपुरमा मासिक ३ करोडको मोबाईल कारोबार

भक्तपुर न्यूज

२४ भदौ २०७४ ५:५८

भक्तपुरमा मासिक ३ करोडको मोबाईल कारोबार

भक्तपुर पछिल्लो समया इलेक्ट्रोनिक समान खरिद बिक्रिको राम्रो बजारका रुपमा परिचित बन्दै छ । आधुनिक समानहरुको प्रयोगमा उपभोक्ताहरु रुची बढीरहेको वर्तमान समयमा इलेक्ट्रोनिक सामानहरुको बजारको सम्भावना र उपभोक्ताको पहुँच कस्तो रहेको छ भन्ने बिषयमा नेपाल मोबाईल बितरण संघका केन्द्रिय कोषाध्यक्ष एव इलेक्ट्रोनिक सामग्री संघ भक्तपुरका निर्वतमान अध्यक्ष दिनेश चुल्याद्यौसँग भक्तपुरमा इलेक्ट्रोनिक सामानको बजार अवस्थाबारे भक्तपुर न्युजडटकमले  गरेको कुराकानीको सारसंक्षेप ।

भक्तपुरका इलेक्ट्रोनिक सामग्रीको चाप कस्तो छ ?
पछिल्लो समय भक्तपुरमा इलेक्ट्रोनिक सामग्रीको चाप र माग दुबै बढ्दो छ । बिशेषगरी स्मार्ट फोनको माग अहिले बढेको छ । यसले फोनदेखि टेलिभिजनको समेत काम गर्ने भएकोले अन्यको तुलनामा स्मार्ट फोनको माग र चाप बढेको हो ।

बजार अबस्था कस्तो छ ?

मोबाईलको मात्रै भक्तपुर जिल्लामा मासिक ३ करोडजति कारोबार हुने गरेको छ भने यस बाहेक अरु इलेक्ट्रोनिक सामग्रीको करिब १ करोडको कारोबार हुने गरेको छ । यी दुबैलाई हेर्दा यहाँ मासिक ४ करोडको हाराहारीमा कारोबार भैरहेको छ । सामान्यतया भक्तपुरको बजारलाई राम्रै भन्नुपर्छ ।

सेकेण्ड हेन्ड मोबाईलको खरिदबिक्रि कस्तो छ ?
उपत्यकाभित्र काठमाडौमा यस्तो वयापर हुने गरेता पनि भक्तपुरमा भने यस्तो खालको बजार हालसम्म पनि छैन । भक्तपुरमा सेकेण्ड हेन्ड मोबाईल बजारले आफ्नो बजार बिस्तार गर्न नसक्ने अवस्था देखिएकै कारण यस्तो बजारको बिस्तारमा ब्यवसायीहरुले समेत चासो नदिएको देखिन्छ ।

मोबाईलमा उपभोक्ता ठगि बढ्दो छ नि ?
हो यदाकता यस्तो सुनिरँदै आएको छ । ठगीको मामलामा खास गरी व्यवसायीले भन्दा पनि उपभोक्ताले बिषेश ध्यान दिनुपर्छ । उपभोक्ताले आफूले प्रयोग गर्ने वा खरिद गर्ने मोबाईल वा ईलेक्ट्रोनिक सामानका बारो पूर्ण जानकारी नलिएरै खरिद गर्न जानु पनि ठगीनुको एक कारण हो । मेरो बुझाईमा हाल सूचनाको पहुँचलाई ध्यान दिँदै समान खरिद गर्न सामानको बारे पूर्व जानकारी हासिल गर्न सकिन्छ । जसमा सम्पूर्ण जानकारी राखिएको हुन्छ । यदि उपभोक्ताले नेट हेरेर खरिदका लागी पसलमा गएको अबस्थामा ठगिने सम्भावना कम हुन्छ । व्यापारीले ५÷१० प्रतिशत त नाफा खाने चलनै हुन्छ ।

मोबाईल पसल करको दायरामा आउँदैनन् किन ?
भक्तपुरको हकमा ब्यापारको टनओभर जती हुन्छ त्यसको ८० प्रतिशत करको दायरामा छन् । २० प्रतिशत जतिले कर नतिरेका हुनसक्छन् । यीनीहरुलाई करको दायरामा ल्याउनका लागी कर कार्यालय लगायतका सरकारी नियमनकारी निकायले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ । तर यस्तो भएको देखिँदैन् । भक्तपुरमा सबै त भन्न सकिदैन २५ प्रतिशत बाहेकका अरु मोबाईल पसल दर्ता भएरै राज्यलाई कर तिर्दै आएका छन् ।

समस्या के के छन् ?
अरु भन्दा पनि अस्वस्छ प्रतिस्पर्धा नै भक्तपुरमा मोबाईल व्यवसायमा देखिएको समस्या हो । सेवा सुविधामा नभई नाफा र मूल्यमा प्रतिस्पर्धा बढी हुँदै आएको पाईन्छ । अस्वस्थ बजार नै सबैका लागी हानीकारक वातावरण बनेको छ ।

समाधान के हुनसक्छ ?
भक्तपुरमा देखिएको यो समस्याको खास समाधान भनेकै स्वच्छ प्रतिस्र्धा हो । मूल्य र नाफामा होइन सेवासुविधामा ब्यापारी र उपभोक्ताको ध्यान जान सके समस्या सहजै समाधान हुन सक्छ ।

अन्त्यमा केही छ ?
मोबाईका क्रेतालाई के अनुरोध छ भने पसलमा मोबाईल खरिद गर्न जानु अघि कृपया आफूले प्रयोग गर्ने मोबाईलका बारेमा सबै जानकारी लिएर बुझेर मात्र जानुहोस् । किनकी यसो गरिएको अबस्थामा उपभोक्ताहरु ठगिने र मर्कामा पर्ने समस्या रहँदैन् । त्यस्तै ब्यवसायी साथीहरुलाई मेरो के आग्रह छ भने अस्वस्थ बजारले सबैलाई हानी पुराउने भएका कारण यस तर्फ ब्यवसायी मित्रहरुले ध्यान दिनु पर्ने देखिन्छ । करको दायरामा नआएका ब्यवसायी मित्रहरुलाई आफूले गर्ने ब्यवासयलाई दर्ता गरौं र बेलामै सरकारलाई तिर्ने कर तिरौं भन्नु चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *