सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पनि पारित

भक्तपुर न्यूज

२४ जेठ २०८१ १०:५९

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पनि पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन्। उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरु सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम सुरु हुने भनेर तोक्न नसकिने उल्लेख गरिन्।

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *