सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् ।
बिहीबर प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे ।
उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’
प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३