ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाउन शुरू

भक्तपुर न्यूज

१६ जेठ २०८१ १०:०६

ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाउन शुरू

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरिएको छ । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाइने जानकारी दिएका थिए।​ यसअघि सचेतना कक्षा दिँदै आएकाहरूलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर स्वयंसेवकका रूपमा खटाएको एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।

उनीहरू एक घण्टा स्वयंसेवकका रूपमा सडकमा खटिनुपर्नेछ । आफ्नो समय मिलाएर स्वयंसेवकका रूपमा खटिन मिल्ने पनि उनले बताए । स्वयंसेवकको एउटा टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।

प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *