ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाउन शुरू
काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरिएको छ । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाइने जानकारी दिएका थिए। यसअघि सचेतना कक्षा दिँदै आएकाहरूलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर स्वयंसेवकका रूपमा खटाएको एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।
उनीहरू एक घण्टा स्वयंसेवकका रूपमा सडकमा खटिनुपर्नेछ । आफ्नो समय मिलाएर स्वयंसेवकका रूपमा खटिन मिल्ने पनि उनले बताए । स्वयंसेवकको एउटा टोलीमा एक जना ट्राफिक प्रहरी पनि खटिनेछन् ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
