भक्तपुर, २९ साउन । मलेसियामा एक महिनापछि हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा भएको हो । मुख्य प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक विनोद दासले टोली सार्वजनिक गरेका हुन् ।
टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर, शाहब आलम, अदिल खान, अभिनास कर्ण, आसिफ शेख, विक्रमकुमार भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा छन् ।
यस्तै सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, भिम सार्की र रविन्द्र जंग शाही पनि यू-१९ को प्रारम्भीक टोलीमा परेका छन् ।
टोलीको बन्द प्रशिक्षक अगष्ट १८ बाट सुरु हुनेछ ।
यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोली घोषणा
0
Share.
Comments