प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

भक्तपुर न्यूज

१५ जेठ २०८१ ७:५८

प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार साँझ बस्ने प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख सचेतक रमेश लेखकको सचिवालयले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले संसदीय समिति गठन, सहमतिलगायत विषय जानकारी गराउने बुझिएको छ । साथै कार्यदलको कार्यादेश, कार्यावधि र कार्यपद्धतिको विषय पनि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ । मंगलबार नै प्रतिनिधिसभाको बैठकबाट संसदीय समिति छानबिन समिति घोषणा हुँदै छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *