संसदीय छानबिनको माग गर्दै कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले जानकारी दिइन् ।
गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५