सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न नेकपा एसको माग

भक्तपुर न्यूज

३ जेठ २०८१ ६:२१

सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न नेकपा एसको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा एकीकृत समाजवादीले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए ।

प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *