आजको लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । आजको लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्यष्टि कार्यक्रम हुने भएकाले आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ।
गुरुङको यही वैशाख २५ गते निधन भएको थियो। आज स्थगित भएको बैठक शुक्रबार बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।
संसदीय दलको बैठक अघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक पनि बस्ने छ। शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।
प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५