कोशी सरकारले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई स्मरण पत्र
काठमाडौं । कोशी प्रदेश सरकारले बजेट अधिवेशन सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई स्मरणपत्र बुझाएको छ। बुधबार मन्त्रीहरू प्रदीप सुनुवार, शमशेर राई र कमल जवेगुले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष स्मरणपत्र बुझाएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन बोलाउन सिफारिस गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको थियो। प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब दिइरहेका बेला सरकारले संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ स्मरण गराएको हो।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२