काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५७ हजार ३२८ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ७ सय ८८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५० जनाको पीसीआर परीक्षण गर्दा १ जनामा र ७ सय ३८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ३४ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । आज थप ८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९१ हजार २४० पुगेको छ ।
प्रकाशित मितिः २०८० जेठ १२ शुक्रबार
Comments