भक्तपुरको शैक्षिक क्षेत्र उच्च : प्याब्सन अध्यक्ष के.सी.

भक्तपुर न्यूज

३० जेठ २०७४ ११:०६

भक्तपुरको शैक्षिक क्षेत्र उच्च : प्याब्सन अध्यक्ष के.सी.

चाँगुनारायण नगरपालिका–३ भक्तपुर निवासी श्रीकृष्ण के.सी. विगत १७ बर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय रुपमा लागि पर्नुभएको छ । २०६१ सालदेखि नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) सक्रिय हुनु भएका केसी २०७३ पुसदेखि प्याब्सन भक्तपुरको अध्यक्ष हुनुहुन्छ । के.सी. भक्तपुरको चाँगुनारायण ३ स्थित यूनाईटेड प्रिप्यारोटरी इङ्गलिस स्कुलका प्रिन्सिपल तथा एसएस कलेज नयाँ थिमिका प्राध्यापक, प्रशासन प्रमुख एंवम संस्थापक हुनुहुन्छ । लामो समयदेखिको शैक्षिक क्षेत्रको अनुभव सम्हाल्नु भएका अध्यक्ष के.सी.सँग भक्तपुर न्यूज डटकमका लागि भक्तपुरको शैक्षिक अबस्थाका बारेमा गरिएको कुराकानीको सार संक्षेप :-
समग्र भक्तपुरको शैक्षिक अबस्था कस्तो छ ?
भक्तपुरको शैक्षिक अबस्था अत्यन्तै राम्रै छ । ७५ जिल्लासँग तुलना गर्ने हो भने यहाँको विद्यालय शिक्षा एसइइलाई आधारमान्दा जहिले पनि पहिलो दोस्रो स्थानमै रहेको छ । यसलाई समग्रमा उच्च कोटीको मान्नुपर्छ ।
नीजि तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा फरक के छ ?
– दुबै संस्थाले संस्थाले शैक्षिक उन्नतीका लागि काम गर्ने हो । भक्तपुरका हकमा सामुदायिक विद्यालय गुणस्तरमा पछि छ भन्ने कुरा पनि गलत हो । शिक्षक, शिक्षिकाले कक्षा कोठामा गर्ने श्रम र सिमित स्रोत साधनमा पनि विद्यालयले गरिएको बालबालिकाको समग्र विकासमा संस्थागत विद्यालयले पु¥याएको योगदानलाई सामुदायिकसँग तुलना गर्दा उच्च कोटिको छ । थोरै लगानीमा नीजि लगानीका सिमित साधन स्रोतको उपलब्धता बिच सरकारले सबैकुराको व्यवस्थापन गरेको विद्यालयभन्दा नतिजाका हिसाबले उच्च दिनु साधन स्रोतको व्यवस्थापनमा सफल हुनु तथा विद्यार्थी र विद्यालयको विकासमा नतिजा देखिने गरी काम गर्नु सक्नु नै निजी विद्यालय सामुदायिक विद्यालयभन्दा राम्रो छ भन्ने उदाहरण हो ।
नीजि विद्यालयको शुल्क महँगो भो भन्ने गुनासो छ नि ?
– शुल्कको विषय सामुदाियक विद्यालयसँग तुलना हुँदैन् । किनकी सामुदायिक विद्यालयको भवन निर्माणदेखि शिक्षक र भौतिक संरचना, शैक्षिक सामग्री लगायतका शिर्षकमा सरकारले लगानी गर्छ । नीजि विद्यालयको एक मात्र स्रोत विद्यार्थीको शुल्क हो । त्यसकारण सरकारी अनुदानमा चल्ने स्वतःस्फुर्त आर्थिक व्यवस्थापन गर्नुपर्ने बीच फरक हुन्छ । तुलनात्मक रुपमा भक्तपुरको शुल्कलाई हेर्दा ७५ वटै जिल्लाका सो स्तरका विद्यालयको शुल्क भन्दा न्यून छ । तर पनि गुणस्तरका हिसाबले लगानी र प्रतिफलको तुलना गर्ने हो भने भक्तपुरको शुल्क जो विद्यालयले उठाएको छ त्यो अत्यन्तै न्यून छ ।
भक्तपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने भनिएको छ यसमा नीजि विद्यालयको भूमिका कस्तो रहन्छ ?
– निश्चित पनि, भक्तपुर एउटा शैक्षिक गन्तव्य हुनुपर्छ । यसका लागि हामी पनि लागि रहेका छौ । यो जिल्ला कला संस्कृति, सम्पदाले भरिएको सानो सुन्दर जिल्ला शैक्षिक हिसाबले सबैको गन्तव्यको रुपमा विकास गर्नुपर्छ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरका विद्यार्थीहरु अध्ययन गर्न सक्ने शैक्षिक संस्थाहरुको स्थापना यहाँ हुन जरुरी छ । यहाँको शैक्षिक गुणस्तरको अभिबृद्धि गर्ने, शिक्षक शिक्षिकाको प्रतिस्पर्धी क्षमताको विकास गर्ने बौद्धिक मानिसहरुबीच शैक्षिक बहसको सृजना गर्ने प्राविधिक तथा जीवन उपयोगी शिक्षालाई प्राथमिकतामा राख्ने बिषयको प्रारम्भ गर्दै यसलाई प्राथमिकतामा राखेर अघि बढने कुरामा प्याब्सन हातेमालो गर्न तयार छ । यसका लागि बसै एकजुट भएर जानुपर्छ ।
नीजि विद्यालय च्याँउ जस्तै उम्रिदा शैक्षिक गुणस्तर खस्कदै गएको भन्ने छ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– पछिल्लो पटक विद्यालयहरु जुन क्रममा स्थापना हुदै गैरहेका छन । यसले वास्तविक रुपमा शैक्षिक वातावरण धमलिएको कुरा नकार्न सकिदैन् । भक्तपुर देशकै सानो जिल्ला जनघनत्वका रुपमा र बसाईसराईको चापक हिसाबले त्यति धेरै विद्यार्थी उत्पादन हुन जिल्लाभित्र यो पदैन् । अझै काठमाडौ र ललितपुर शहरसँग जोडिएको जिल्ला पनि भएकोले तत्कालै नयाँ विद्यालयको आबश्यकता वास्तवमा भक्तपुरलाई छैन् । यहाँ सञ्चालनमा रहेका कतिपय विद्यलायहरु क्रमिक रुपमा विद्यार्थीको कम हुदै गएको अबस्था पनि छ । यस्तो अबस्थामा नयाँ विद्यालय आउनु राम्रो होईन जसले यहाँको समग्र वातावरणलाई खल्बल्याउँछ ।
शिक्षा ऐन संशोधनका बिषयमा प्याब्सनको धारणा के हो ?
– शिक्षा ऐनको आठौ संशोधन समग्र शिक्षाको सुधारको संशोधन भन्दा पनि विभिन्न अल्झिएका राज्यसँग सम्बन्धीत समस्याको समाधानको हिसाबले आयो । जसले सिधा भाषामा भन्नुपर्दा यो राज्यको ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको निजि क्षेत्रलाई उपेक्षा गर्न, एक ढंगले संस्थागत विद्यालयको अस्थितत्वलाई र संस्थागत विद्यालयले राज्यलाई गरेको योगदान चाहे शैक्षिक गुणसतर अभिबृद्धिमा होस या विदेश पलायन पुर्जीको संरक्षण गर्न होस या राज्यको शिक्षाको दायित्व कम गर्ने मामिलामा होस त्यसको उपेक्षा भएको छ । शिक्षामा दिर्घकालिन र स्थायी नीति तय गर्ने हिजोका अनुभवलाई कमी कमजोरीलाई सच्चाईनुपर्ने ठाउँमा यो ऐन चुकेको छ । हतारमा ल्याउने, चोर बाटोबाट ल्याउने अमुख राजनीतिक दलको आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने ध्येयले मात्र यो ऐन आयो । यस कारण हाम्रो विरोध हो । शिक्षामा निजी क्षेत्रमा लगानी गर्नेको विरोध हो ।
अन्त्यमा ………..?
– मलाई यहाँ बोलाएर आफनो कुराहरु राख्ने अवसर दिएकोमा भक्तपुर न्यूज डटकमप्रति आभार व्यक्त गर्दछु । आगामी दिनमा शिक्षा क्षेत्रमा काम गर्ने भएकोले मबाट कहीकतै समस्या उत्पन्न भएको भए अभिभावकहरुको साथ सहयोग सल्लाह सुझावको अपेक्षा पनि गरेको छु । नीजि विद्यालयको शुल्क निर्धारणका बिषयमा सरकारले अनुगमन गर्नुपर्ने र विद्यालयले दिने सेवा सुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुन नसकेको अभिभावकसमक्ष जानकारी गराउँदछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *