काठमाडौं, ३० जेठ । आज एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत नेपालले यमनसँग खेल्दै छ । खेल सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे हुनेछ ।
यसअघि यमनसँग भएको दुई भेटमा नेपाल पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ ।
यमनलाई नेपाली टोलीले घरेलु मैदानमा हराएर इतिहास बनाउने मौका रहेको छ ।
इतिहास बनाउने दाउमा नेपाल
0
Share.
Comments