काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरी सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिरिजकाे सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
सिरिजमा दिपेन्द्रले पाँच खेल खेल्दै एक शतक र २ अर्धशतकसिहत कुल २५५ रन जोड्दा ७ विकेट लिएका थिए । पिएनजीविरुद्ध साेमबारकाे फाइनलमा उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ब्याटिङमा उनले अविजित ५४ रनको अर्धशतकीय पारी खेल्नुका साथै बलिङमा ४ विकेट लिएका थिए । दिपेन्द्र फाइनलको प्लेयर अफ द म्याच समेत चुनिए । सर्वाेत्कृष्ट खेलाडी भए बापत उनले ५०० डलर प्राप्त गरे ।
करण केसी सिरिजकाे उत्कृष्ट बलर चुनिएका छन् । उनले सिरिजका पाँच खेलमा १३ विकेट हात पारे ।
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments