काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक लिए ।
प्रकाशित मितिः २०७८ चैत ०८ मंगलबार
Comments