काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्द खेल्दै छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज विशेषगरि नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ ।
अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो । यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी पीएनजीलाई दुई विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच हालसम्म पाँच ओडीआई खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने युएई तीन खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा पाँच जित र पाँच हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । युएई १७ खेलमा नौ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७८ चैत ०७ सोमबार
Comments