काठमाडौं । इटालियन क्लब इन्टर मिलानले डिफेन्डर रोबिन गोसेन्सलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले जर्मन डिफेन्डरलाई एट्लान्टाबाट लोनमा अनुबन्ध गरेको हो ।
एट्लान्टाले गोसेन्सलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ । २७ वर्षीय गोसेन्स सिरी ए मा उत्कृष्ट विङ्ग ब्याक माधे एक हुन् ।
गोसेन्सले इन्टरमा १८ नम्बरको जर्सी लगाउने छन् । एट्लान्टाका लागि उनले १ सय ५० बढी खेल खेलेका छन् ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
Comments