रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुई जनाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या गरी जंगलमा फालेको आशंका प्रहरीले गरेको छ ।
जंगल किनारामा एक अधबैँसे महिला र अन्दाजी ७ वर्षिया बालिकाको शव पूर्व पश्चिम राजमार्गको छेउ मंगलबार दिउसो फेला परेको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।
शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आमाछोरी हुनसक्ने प्रहरीको अनुमान छ । जिल्लाको सुरक्षा निकाय अहिले घटना स्थलको अनुसन्धानमा जुटेको छ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments