काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । लिगको नवौं चरण अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो ।
आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ । आज आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।यस्तै दोस्रो खेलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । संकटालाई हराएर थ्री स्टार अंक तालिका सुधार्न चाहन्छ । संकटा ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । संकटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।
Comments