काठमाडौं । इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्ट गुमाउने भएका छन्।
चोटको कारण बट्लरले एसेज सिरिज अन्तर्गतको पाँचौ टेस्ट गुमाउने भएका हुन् । बट्लरले चौंथो टेस्टको दौरान औलाको चोट बोकेको बताईएको छ ।
इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको चौंथो टेस्ट ड्र भएको थियो । पाँच खेलको सिरिजमा अष्ट्रेलिया ३-० ले अघि रहेको छ । अष्ट्रेलियाले सिरिजमा कब्जा जमाईसकेको छ । पाँचौ तथा अन्तिम टेस्ट शुक्रबारबाट होबार्टमा सुरु हुनेछ ।
प्रकाशित मिति २०७८,पुस २५ आइतबार
Comments