काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले एट्लेटिको मड्रिडका डिफेन्डर किइरन ट्रिपियर अनुबन्ध गर्ने पक्का भएको छ ।
न्युकासल डिफेन्डर ट्रिपियरलाई अनुबन्धका लागि १२ मिलियन पाउण्ड तिर्न राजी भएको छ ।
साउदी अरेबियाको लगानीपछि न्युकासलले पहिलो खेलाडीको रुपमा ट्रिपियर अनुबन्ध गर्न लागेको हो ।
३१ वर्षीय डिफेन्डरको बुधबार मेडिकल हुने बताईएको छ ।
ट्रिपियर सन् २०१९ मा टोटेनहमबाट एट्लेटिको आएका थिए ।
उनले एट्लेटिकोका लागि ८३ खेल खेलेका छन् । उनले गत सिजन ला लिगाको उपाधि जितेका थिए ।
ट्रिपियर युरोको फाइनल पुगेको इंग्ल्यान्डको टिममा रहेका थिए ।
प्रकाशित मितिः २०७८ पुस २१ बुधबार
Comments