काठमाडौं । सुरुआती तीन खेलमा शानदार सुरुआत लिएको सातदोबाटोले सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एकएक लय गुमाएको छ । उसले पछिल्ला तीन खेलमा खालि एकै अंक मात्र कमाएको छ ।
यही सातदोबाटोले आइतबार दशरथ रंगशालामा हुने सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाको सामना गर्नेछ । सातदोबाटो माथिल्लो डिभिजनमा नवप्रवेशी रहेको हुनाले यो दुई टिमबीचको पहिलो खेल हुनेछ ।
अहिल तत्कालन हिमालयन भने लयमा देखिएको छ, किनभने उसले पछिल्ला दुई खेल जितेको छ । उसले भने खराब सुरुआत लिएर पछिल्ला दुई खेलमा लगातार जित निकालेको हो, बीबीसी र च्यासलविरुद्ध ।
यस्तोमा यो खेल लय गुमाएको सातदोबाटो र उत्साहित हिमालयनबीचको खेल हुनेछ । सातदोबाटोको ६ खेलबाट ८ अंक छ र सातौं स्थानमा रहेको छ ।
हिमालयनको पनि ६ खेलबाट ८ अंक नै छ र आठौं स्थानमा रहेको छ । यस्तोमा यो मिड टेबलमा रहेका दुई टिमबीचको रोमाञ्चक खेल हुन सक्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ पुस १९ सोमबार
Comments