काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ७८ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १६ र ललितपुरमा ३६ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ७२० पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ६ सय ८६ , भक्तपुर जिल्लामा ४ सय ८२ र ललितपुर जिल्लामा ५ सय ५२ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ९८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १०४ पिसिआर र १ हजार ८०५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३४९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments