काठमाडौं । सेमिफाइनलमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र पाकिस्तान पुगेका छन्।
पहिलो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने आठ बजे अबुधावीमा हुनेछ।
इंग्ल्यान्ड सुपर १२ अन्तर्गत सूमह १ को विजेता भन्दै अन्तिम चारमा पुगेको हो। न्युजिल्यान्ड भने समूह २ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।
दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल आगामी आइतबार राति हुनेछ।
प्रकाशित मितिः २०७८ कार्तिक २४ बुधबार
Comments