रोल्पा । गोरु काटेको आरोपमा रोल्पा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । रुन्टिगढी गाउँपालिका-१ लापालका २० वर्षीय आकाश घर्ती मगरलगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबन्डा गरिरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments