एजेन्सी, ७ चैत्र । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको सेभिल्ला पराजित भएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडललाई जिताउन डिएगो गोडिन, एन्टोनी ग्रिजम्यान र कोकेले एक एक गोल गरे । सेभिल्लाका लागि योआकिन कोरेआले एक गोल फर्काए ।
हारपछि तेस्रो स्थानको सेभिल्लाको २८ खेलबाट ५७ अंक भएको छ । सेभिल्ला दोस्रो स्थानको बार्सिलोना भन्दा ६ तथा शीर्ष स्थानको रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ । चौथो स्थानको एथ्लेटिको मड्रिडको ५५ अंक भएको छ ।
राति भएका अरु खेलमा सेल्टा डि भिगोले डिप्रोटिभो डि लाकोरुनालाई १–० तथा स्पोर्टिङ गिजोनले ग्रनाडालाई ३–१ ले हरायो । लेगानेस र मालागाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
एथ्लेटिको मड्रिडले सेभिल्लालाई हरायो
0
Share.
Comments