काठमाडौं । वेस्ट ह्याम युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा वेस्ट ह्यामले डिनामो जाग्रेबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामको जितमा माइकल एन्टोनियो र डिक्लन राइसले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५० औं मिनेटमा राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-० को जित दिलाए । जितसँगै समूह जी को वेस्ट ह्यामले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
डिनामोले हारबाट समूह चरणको सुरुवात गरेको छ । यसै समूहको अर्को खेलमा जेन्कले रापिड विनलाई १-० ले हराएको छ ।
युरोपा लिग अन्तर्गत नै रियल बेटिसले सेल्टिकलाई ४-३ ले हराएको छ ।
गलातासारेले लाजियोलाई १-० ले हराएको छ ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments