काठमाडौं । सरकारले बजेटको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश गरेको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा पारित गरिएको हो ।
बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो । सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णर्याथ पेश गर्दा पनि एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।
बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भने । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने छ ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments