इटहरी २९ फागुन । शुक्रवार राती देखि निरन्तर परेको पानीका कारण ११ औँ इटहरी गोल्डकपको फाइनल खेल स्थगित भएको छ। शनिवार विहानै देखि परेको पानीले खेल भइरहेको स्थान इटहरी जनता प्राविको खेलमैदान जलाम्मे बने पछि खेल प्रभावित बनेको हो। आयोजक राष्ट्रिय जागृती क्लबले खेल खेलाउन असमर्थ रहेका कारण अर्को सूचना जारी नभएसम्म खेल अनिश्चित बनेको जनाएको छ। क्लबका अध्यक्ष सन्जिव ढुंगानाले फाइनल खेल मौसममा भर पर्ने बताउँदै मैदान तयारी अवस्थामा नआउन्जेल खेल खेलाउन नसकिने जानकारी दिए।
फाइनलमा काकडभिट्टा ट्रेनिङ सेन्टर र एपिएफ पूर्वाञ्चल भिड्दै छन्। काकडभिट्टाले व्वाइज युनियन क्लब काठमाडौलाई २–० को गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै एपिएफले चर्च व्वाइज युुनाइटेड काठमाडौंलाई २–० ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो। आयोजकले यस पटकदेखि विजेता र उपविजेताको पुरस्कार राशी दोब्बर पारेको छ। प्रतियोगिताका विजेताले २ र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
Comments