काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर बेन डेभिस च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडमा अनुबन्धित भएका छन् ।
२६ वर्षीय डिफेन्डर डेभिस एक सिजनको लागि लोनमा सेफिल्डमा अनुबन्धित भएका हुन् ।
सेन्टर ब्याक डेभिस गत फेब्रुअरीमा प्रिस्टनबाट लिभरपुल आएका थिए । प्रिस्टनका लागि उनले १ सय ४५ खेल खेलेका थिए ।
इंग्लिस डिफेन्डरले गत सिजन च्याम्पियनसिपमा १९ खेल खेलेका थिए । डेभिसले लिभरपुलको सिनियर टिममा डेब्यु गरेका छैनन् ।
तर, डेभिसले प्रि सिजनमा लिभरपुलका लागि दुई खेल खेलेका थिए ।
प्रकाशित मितिः २०७८ भाद्र १ मंगलबार
Comments