काठमाडौं । साविक विजेता ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाका लागि एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।
ब्राजिलले पनि खेलमा फर्कन धेरै प्रयास गरेपनि असफल रह्यो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २७ आइतबार
Comments