काठमाडौं । इटालियन क्लब एसी मिलानले मिडफिल्डर सान्ड्रो टोनाली लाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
सिरी ए क्लब मिलानले मिडफिल्डर सान्ड्रोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । इटालियन मिडफिल्डरलाई मिलानले ब्रेसियाबाट अनुबन्ध गरेको हो ।
सान्ड्रोले मिलानसँग पाँच वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६ को जुन ३० सम्म मिलानमा रहने छन् । २१ वर्षीय मिडफिल्डर गत सिजन लोनमा मिलान आएका थिए । गत सिजन उनले मिलानका लागि ३७ खेल खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २५ शुक्रबार
Comments