काठमाडौं । चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिएपनि चिलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो । यस बराबरीसँगै समूह ए को चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी
Comments