भक्तपुर । भक्तपुरमा पानीमा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ को वालवन वालखोलामा शनिबार साँझ साढे ५ बजे ती पुरुषको शव पानीमा डुबेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अन्दाजी ३० वर्षीय पुरुष घोप्टो परी अनुहार पानीमा डुबेको अवस्थामा मृत फेला परेको भक्तपुर परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
मृतकको पहिचान खुल्न नसकेको डिएसपी गिरीले बताए । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ ।
प्रकाशित मितिः २०७८ जेठ २ आइतबार
Comments