दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ५४ करोडमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा नौ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा तारागाउँ रिजेन्सी होटल, बिशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको करोड ४८ लाख ८९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन जानकी फाइनान्सको २७ करोड ५१ लाख ३० हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख ६२ हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।