नागरिक बहुउद्देश्यीय सहकारीले गर्‍यो साढे ५२ लाख मुनाफा

भक्तपुर न्यूज

१६ मंसिर २०८१ ११:५४

नागरिक बहुउद्देश्यीय सहकारीले गर्‍यो साढे ५२ लाख मुनाफा

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायकले गत आर्थिक वर्ष २०८०/०८१ मा ५२ लाख ८७ हजार २ सय ९२ रुपैयाँँ ७० पैसा मुनाफा कमाएको छ ।

संस्थाको १९ औं वार्षिक साधारण सभामा संस्थाले आ.व. २०८०/०८१ मा दुई करोड १२ लाख ७२ हजार ४ सय ४९ रुपैयाँ २० पैसा खुद आम्दानी गरी एक करोड २१ लाख ९३ हजार दूई सय रुपैयाँ ६८ पैसा कुल खर्च भई ५२ लाख ८७ हजार २ सय ९२ रुपैयाँँ ७० पैसा नाफा गरेको संस्थाका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले आर्थिक वर्ष २०८०/०८१ को आय ब्यय प्रस्तुत गर्दै संस्थामा ३ करोड ३ हजार चुक्ता पूँजी संकलन भएको, बचतमा ३४ करोड ३३ लाख ४१ हजार रुपैयाँ तथा ऋण लगानीमा ३३ करोड ५३ लाख ६७ हजार रुपैयाँ भएको बताए ।

यसैगरी, ४३ करोड ९३ लाख २५ हजार रुपैयाँ संस्थाको कुल सम्पत्ति तथा दायित्व, २ करोड ९८ लाख ८३ हजार जगेडा तथा अन्य कोषहरु तथा २ करोड ६४ लाख ६१ हजार स्थिर सम्पत्ति रहेको उनले बताए ।

अध्यक्ष बस्नेतले सहकारी क्षेत्र नै विश्वसनीयताको संकटबाट गुज्रिरहेको अवस्थामा पनि संस्थाले व्यवसायिक सफलताको लागि प्रयन्नरत रहि सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिए ।

आगामी आ.व.२०८१/८२ मा ‘नागरिकद्वारा नागरिककै सेवामा समर्पित’ भन्ने नाराका साथ भई रहेका सेयर सदस्यहरुलाई गुणस्तरीय सेवा र थप नयाँ सदस्य विस्तार कार्यलाई विशेष प्राथमिकता दिइने उनले बताए ।

लेखा सुपरिवेक्षण समितिका सदस्य रामेश्वर राजथलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कर्जा व्यवस्थापनलाई उच्च महत्वमा राखेर कर्जा गुणस्तर कायम राख्नको लागि कर्जा प्रवाह गर्दा धितोलाई मात्र आधार नमानी ऋणीको आय स्रोत र तिर्न सक्ने क्षमतालाई समेत विश्लेषण गरी ग्राहक पहिचान गरेर मात्र व्यवसायिक तथा उत्पादनमूलक क्षेत्रमा प्रवाहित हुनुपर्ने सुझाव दिए ।

सदस्य राजथलाले संंस्थालाई अझ बढी सबल बनाउनको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई अझ चुस्त, समय सापेक्ष र प्रभावकारी बनाउनु पर्ने समेत सुझाव दिए ।

साधारणसभामा संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठ, संस्थाका पूर्वसचिव केदार प्रसाद कोइराला, संस्थाका उपाध्यक्ष देवलाल किसी, सचिव रजनी के.सी. मानन्धरलगायतले सहकारीका बचतकर्ता र शेयर सदस्यहरुले आफूले बचत गरेको सहकारीले कुन क्षेत्रमा कसरी लगानी गरिरहेको छ भनी चासो लिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *