भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, श्रीमती घाइते

भक्तपुर न्यूज

१३ मंसिर २०८१ ११:४३

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, श्रीमती घाइते

भक्तपुर। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान ७ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना ८ ख २३११ नं.को १२ चक्के ट्रकले बा प्र.०२-०३८प ४४०१ नं.को स्कुटरलाई ठक्कर दिएको थियो। उक्त स्कुटरका चालक भक्तपुर नगरपालिका-५ घर भई ललितपुरको नखिपोट बस्ने ४३ वर्षीय जिते देउला र उनकी ४१ वर्षीया श्रीमती नविना देउला घाइते भएका थिए। उनीहरू दुबै जनालाई उपचारको लागि अस्पताल पठाइएको थियो।

उपचारको क्रममा नविनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डिएसपी न्यौपानेले बताए। त्यस्तै जितेको नागरिक अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक मकवानपुरगढी गाउँपालिका-४ बस्ने ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *