युनिलिभर नेपालले हालसम्मकै उच्च नगद लाभांश बाँड्ने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत वर्षभन्दा ८ प्रतिशतले बढी नगद लाभांश बाँड्ने भएको छ।
कम्पनीले हालसम्मकै उच्च अर्थात् प्रतिकित्ताबापत १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय स्वीकृत गरेको हो। सोमबार एभरेष्ट होटल काठमाडौंमा बसेको ३१औँ वार्षिक साधारणसभाले लाभांश स्वीकृत गरेको हो।
कम्पनीका प्रमुख देव बाजपेयीले कम्पनीको प्रगतिको हिस्सा बनेको भन्दै सेयर सदस्यप्रति आभार व्यक्त गरे। उनले सेयरधनीलाई कम्पनीको व्यावसायिक प्रगति, चुनौती र भविष्यको योजनाबारे जानकारी गराएका थिए।
नेपाल स्टक एक्सेचेन्जमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ। स्वपुँजीमा आधारित कम्पनीको सेयर प्रतिकित्ता पछिल्लोपटक ४८ हजार ७२० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको बजार पुँजीकरण नै ४४ अर्ब ५६ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३