दसैँको टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ।
समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो। विज्ञप्ति अनुसार नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट जाँदा टिकाको साइत रहेको छ भने भारतमा १२ अक्टोबर २०२४ मा बिहान ११ बजेर ४२ मिनेटमा साइत रहेको छ ।
यसैगरी अमेरिकाको न्यूर्योकमा सोही तारिखमा १० बजेर ०१ मिनेट जाँदा टोकियो जापानमा १३ अक्टोबरमा ११ बजेर ३५ मिनेटमा र अष्ट्रेलियाको सिड्नीमा सोही १३ अक्टोबरमा ११ बजेर २१ मिनेटमा साइत रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
