नेप्से परिसूचक ४३.०५ अंकले बढ्यो, झन्डै ३० अर्बको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारले ३ हजारको विन्दु छोएको छ । आज नेप्से परिसूचक ४३ दशमलव ०५ अंकले बढेर ३००० दशमलव ८१ को विन्दुमा पुगेको छ ।
बिहीबार ३३४ कम्पनीका ३ लाख ११ हजार ५ सय ३६ पटकको कारोबारमा ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १६ दशमलव ०१ अंकले बढ्दा फ्लोट इन्डेक्स ४ दशमलव ०२ अंकले बढेको छ । १३ उपसमूहमध्ये ५ वटा घट्दा ८ वटा बढको छ । आज सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ भने बुटवल पावर, राष्ट्रिय बीमा र मोदी इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००