आन्दोलनकारीको दबाबमा बंगलादेशका प्रधानन्यायाधीशले राजीनामा दिए
काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।
सयौंको संख्यामा शनिबार बिहानदेखि सर्वाेच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए । हसनले सर्वाेच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५