भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । यसरी जरिवानासहित बक्यौता बुझाउनेमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिज रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका अनुसार सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ ।
त्यसैगरी यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका हुन् । भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत अझै ६ वटा उद्योगले बक्यौता बुझाउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२० भदौ २०८१ १०:४७
भक्तपुरमा बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ
२१ भदौ २०८१ ८:१६
तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड
२१ भदौ २०८१ ११:०७
तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टविरुद्ध नेपाल ५ विकेटले पराजित
२० भदौ २०८१ ९:१५