वर्षायामसँगै हैजाको प्रकोप फैलिँदै, २५ जना व्यक्तिमा पुष्टि

भक्तपुर न्यूज

१९ साउन २०८१ २:४५

वर्षायामसँगै हैजाको प्रकोप फैलिँदै, २५ जना व्यक्तिमा पुष्टि

काठमाडौं ।  वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताए ।

एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ । शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ । निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैजा छ भने उसको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताए  । डा. घिमिरेले हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जनचेतना जनस्तरमा बढाउनुपर्ने बताए । डा. घिमिरेका अनुसार हैजा भिब्रियो कोलेरा नामक कीटाणुले लाग्ने सङ्क्रामक रोग हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *